काठमाडौं । नेपाली कांग्रेस छोडेर नेकपा एमाले प्रवेश गरेका अब्दुल हुसेन अन्सारीलाई अन्ततः उम्मेदवार बन्न रोक लगाइएको छ।
अन्सारी कांग्रेस छाडेर सोही दिन एमालेले उनलाई सुनसरी–४ बाट उम्मेदवार बनाएको थियो। पार्टीका नेता विष्णु रिमालले उनलाई टिकट दिँदै निर्वाचन क्षेत्रमा पठाएका थिए।
तर जिल्ला तहका नेताहरूले विरोध जनाएपछि पार्टी केन्द्रले अन्सारीको टिकट रद्द गरेको हो। अब सुनसरी–४ बाट जगदिश कुसियत उम्मेदवार बन्ने भएका छन्।
एमालेले सुनसरीका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याइसकेको छ। सुनसरी–१ बाट सूर्य पन्दाक, सुनसरी–२ बाट रेवतीरमण भण्डारी, सुनसरी–३ बाट भगवती चौधरी र सुनसरी–४ बाट जगदिश कुसियत उम्मेदवार बन्ने भएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्