Skip to content

एमाले अध्यक्ष ओली चुनावी मैदानमा, झापा-५ बाट उम्मेदवार

कालोपाटी

२ दिन अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

ओली यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

त्यसै क्षेत्रमा रास्वपा वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्। बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर झापा–५ बाट चुनावी मैदानमा प्रवेश गरेका हुन्।

यस क्षेत्रमा ओली र बालेनबीचको प्रतिस्पर्धालाई मतदाताले विशेष चासोका साथ हेरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार