काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) का नेता डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन्। उनका प्रस्तावक नारायण खत्री र समर्थक रिजन राना मगर रहेका छन्।
भट्टराईले केही समयअघि चुनाव नलड्ने बताएका थिए, तर आइतबार मात्र उनी चुनावी मैदानमा उठ्ने घोषणा गरेका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्