Skip to content

३ बजे सम्म देशभर १२१४ जनाको उम्मेदवारी दर्ता

कालोपाटी

३ घण्टा अगाडि

 काठमाडौं । प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको क्रम जारी छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म देशभर १,२१४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारी दर्ता भएकामध्ये ६५९ जनाको रुजु भएको छ भने ५५५ जनाको रुजु हुन बाँकी छ। यो प्रक्रिया १६५ वटै निर्वाचन क्षेत्रमा भइरहेको छ।प्रतिनिधि सभा २७५ सदस्यीय छ, जसमा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक तर्फबाट निर्वाचित हुनेछन्।

समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ मा भइसकेको थियो।निर्वाचन आयोगका अनुसार उम्मेदवारले दर्ताका लागि निम्न दस्तावेज पेश गर्नुपर्नेछ: नेपाली नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपिसरकारी पदमा कार्यरत भए, राजीनामाको प्रमाणप्रतिनिधिमार्फत दर्ता गर्ने भए, प्रतिनिधि तोकेको फारममनोनयन पत्रमा कम्तीमा एक जना प्रस्तावक र एक जना समर्थकको विवरण र हस्ताक्षरदल वा संयुक्त दलको तर्फबाट उम्मेदवारी भए, दलको औपचारिक पत्र ,धरौटी रकम १० हजार रुपैयाँ, महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई ५०% छुट ,निर्वाचन निर्देशिका २०८२ अनुसारको स्वघोषणा पत्र र वैयक्तिक विवरण फाराम ,चल–अचल सम्पत्ति, बैंक खाता, धितोपत्र, सेयर, ऋण/उधारो आदि विवरण उम्मेदवारी दर्ता प्रक्रियाले पारदर्शिता सुनिश्चित गर्न यी सबै कागजातहरू अनिवार्य बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार