काठमाडौँ । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट डा. फिरदोस आलमले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनी स्वर्गीय कांग्रेस नेता अफताब आलमका छोरा हुन्।
मंगलबार देशभर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता चलिरहँदा आलमले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। कांग्रेसले यसपटक उनलाई औपचारिक रूपमा उम्मेदवार बनाएको छ।
यसअघि भएको निर्वाचनमा पनि आलम उम्मेदवार बनेका थिए। त्यतिबेला उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने उनी किरण साहसँग पराजित भएका थिए।
उनको उम्मेदवारीसँगै रौतहट–२ मा चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्