काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पोखरामा आयोजना हुने साफ १९ वर्षमुनिको महिला च्याम्पियनशिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
एन्फाका अनुसार यही माघ १७ देखि २४ गतेसम्म पोखरा रङ्गशालामा हुने च्याम्पियनशिपका लागि नेपाली टोलीको अन्तिम नामावली सार्वजनिक गरिएको हो।
घोषित टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, माया मास्के, मीनमाया श्रेष्ठ, वर्षा कुँवर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, निर्मला आचार्य र प्रजिता राई रहेका छन्।
यस्तै टोलीमा पूर्णिमा ताडी, सारा लिम्बू, सवनम राई, सलोनीकुमारी चौधरी, सङ्गीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशीला केसी र यमकुमारी विक पनि समावेश छन्।
प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भूटान सहभागी हुनेछन्। सिङ्गल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्