Skip to content

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा कुल ३४८४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। ६८ राजनीतिक दलबाट २२९७ र स्वतन्त्रतर्फ ११९७ जनाले मनोनयन दर्ता गरेका छन्।

निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये पुरुष ३०८८, महिला ३९५ र अन्य समूहबाट १ जना महिला छन्। नाम फिर्ता लिने र दाबी विरोधको प्रक्रिया सकिएपछि उम्मेदवारको संख्या केही घट्न सक्नेछ।

उमेरसमूहअनुसार, ३६–५० वर्षका उम्मेदवार सबैभन्दा धेरै छन्। यस समूहमा १६१० जना उम्मेदवार रहेका छन्। २५–३५ वर्षका उम्मेदवार ५८३ र ५१–६५ वर्षका १०९० छन्। ६५ वर्षभन्दा माथिका उम्मेदवार २०१ जना छन्।

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि महिला उम्मेदवार न्यून रहेको देखिएको छ। कुल उम्मेदवारमध्ये केवल ३९५ जनालाई महिलाले प्रतिनिधित्व गरेका छन्।

दलहरूले महिला समानुपातिक कोटाबाट आवश्यक प्रतिनिधित्व पूरा गर्दै आएका छन्। पछिल्लो सूचीअनुसार, कांग्रेस र नेकपाले ११/११ जना, एमालेले १० जना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १७ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। रास्वपाले अन्य प्रमुख दलको तुलनामा केही बढी महिला उम्मेदवार समेटेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार