काठमाडौँ । काठमाडौँ महानगरपालिकाका महानगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेविरुद्ध प्रभावकारी कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन दिएका छन्।
बुधवार आयोजित बैठकमा जोशीले नगर प्रहरीहरूलाई अभियान कमजोर भएको संकेत देखिएको भन्दै, सार्वजनिक स्थानमा धूम्रपान रोक्ने कार्यलाई कडाइका साथ अघि बढाउन निर्देशन दिए। उनले फुटपाथ र पार्किङ व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने पनि बताए।
जोशीले अघि भएका सकारात्मक पहलको निरन्तरता र कमजोरी सुधार गर्दै महानगर प्रहरी बललाई अघि बढाउने विश्वास व्यक्त गरे। हालै प्रमुख राजुनाथ पाण्डेको राजीनामा पश्चात जोशीले महानगर प्रहरी बलको नेतृत्व सम्हालेका हुन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्