काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ। १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगरले १० रन मात्र जोड्न सके। त्यसअघि २४ बलमा ४८ रन आवश्यक परेको अवस्थामा रुबिना र सीताले खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए। रुबिना क्षेत्रीले अविजित ३७ रन बनाइन् भने सीता राना मगरले अविजित २७ रनको योगदान दिइन्। बिन्दु रावलले १८ रन जोडिन्।
नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् भने सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो। नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन्। स्टेर कालिसले ३० रन, रोबिन रिकेले १९ रन तथा आइरिस ज्विलिङले अविजित १४ रन बनाइन्।
नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए।
नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। नेदरल्यान्ड्स भने आजको जितसँगै सुपर सिक्स चरणमा प्रवेश गरेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्