Skip to content

निजी हातहतियार बुझाउन स्याङ्जा प्रशासनको आग्रह

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुमति लिएर राखिएका निजी हातहतियार बुझाउन नागरिकलाई आग्रह गरेको छ।

प्रशासनका अनुसार निर्वाचन शान्त, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासनबाट अनुमति प्राप्त सबै किसिमका हातहतियार तथा खरखजाना माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय स्याङ्जा, नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा बुझाउनुपर्नेछ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न यो निर्णय गरिएको र शान्त वातावरणमा निर्वाचन सम्पन्न गराउनु राज्यको जिम्मेवारी भएको बताए।

प्रशासनले भनेको छ कि निर्वाचनपछि चैत २० गतेसम्म हातहतियार फिर्ता गरिनेछ र प्रक्रिया कानुन र मापदण्डअनुसार हुनेछ। समयमै हातहतियार नबुझाएमा कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ। साथै नागरिक, राजनीतिक दल र सरोकारवाला सबैलाई भयमुक्त र सुरक्षित निर्वाचन सुनिश्चित गर्न जिम्मेवार भूमिका खेल्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार