Skip to content

६ महिनामा साढे २० अर्बको धानचामल आयात

कालोपाटी

४८ मिनेट अगाडि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयातमा करिब साढे २० अर्ब रुपैयाँ खर्च गरेको छ।

भन्सार विभागका तथ्यांकअनुसार, साउनदेखि पुससम्म २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात भएको हो। गत आवको सोही अवधिसँग तुलना गर्दा मूल्य ६.७३ प्रतिशतले वृद्धि भएको छ।

यस अवधिमा बासमती चामलको आयात ४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने अन्य अर्ध–पालिस वा पूर्ण पालिस चामलको आयात ६ अर्ब रुपैयाँ नाघेको छ। तर धान आयातमा सामान्य गिरावट आएको छ। गत वर्षको १० अर्ब ४२ करोड रुपैयाँ बराबरको धानको आयात यस वर्ष ९ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ।

धानचामल आयातको बढ्दो मूल्यका बाबजुद सरकारले संकलन गर्ने राजस्व घटेर १ अर्ब ४४ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ। मुलुकभित्र उत्पादन बढाउने नीति भए पनि मुख्य खाद्यान्नमा परनिर्भरताको दर बढ्दै जानुले अर्थतन्त्रमा थप चुनौती सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार