काठमाडौँ । बिहीबार नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४ अंकमा पुगेको छ। कारोवार रकम ९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। यस दिन १६२ कम्पनीको मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको र १० कम्पनीको स्थिर रहेको छ।
फाइनान्स समूह सबैभन्दा बढी २.३८ प्रतिशतले बढ्दा, बैंकिङ समूह ०.३१ प्रतिशत र व्यापार समूह १.१५ प्रतिशतले घटेका छन्।
आज एसवाई प्यानल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्युत् कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढेको छ। एक्सल डेभलपमेन्ट बैंक ९.८७ प्रतिशत, रावा इनर्जी ९ प्रतिशत, झापा इनर्जी ८.४७ प्रतिशत र बन्दीपुर केबुलकार ८.२९ प्रतिशतले मूल्य बढाएका छन्।
कालिका पावर सबैभन्दा बढी ६.२५ प्रतिशतले घटेको छ। आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, बन्दीपुर केबुलकार र श्रीनगर एग्रिटेक रहेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्