काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल १ करोड ४२ लाख आठ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ ।
केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै ११ लाख १६ हजार थान मतपत्र छापिएको हो । आगामी निर्वाचनका लागि केन्द्रले कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको जनाएको छ ।
त्यसैगरी, हालसम्म ११ हजार ४ सय ७८ बाकस मतपत्र प्याकिङ भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र १ हजार २ सय २६ बाकस मतपत्र प्याकिङ सम्पन्न भएको केन्द्रले जानकारी दिएको छ ।
यसैबीच, केन्द्रले १ करोड ९८ हजार २ सय थान नमूना मतपत्र निर्वाचन आयोगमा पठाइसकेको जनाएको छ । मतपत्र छपाइ तथा प्याकिङ कार्य तीव्र रूपमा अघि बढिरहेको केन्द्रको भनाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्