काठमाडौं । अमेरिकामा प्रतिबन्धको जोखिममा परेको लोकप्रिय सामाजिक सञ्जाल टिकटक नयाँ सम्झौतामार्फत निरन्तर सञ्चालनमा रहने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार टिकटकले अमेरिकाभित्र आफ्नो सेवा सञ्चालन गर्न छुट्टै नयाँ कम्पनी स्थापना गरेको बीबीसीले जनाएको छ ।
नयाँ सम्झौताअनुसार टिकटकको मूल कम्पनी बाइटडान्सको स्वामित्व १९.९ प्रतिशतमा सीमित रहनेछ भने बाँकी स्वामित्व अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको हुनेछ । यससँगै टिकटकले पहिलोपटक अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत जानकारी कसरी सुरक्षित गरिन्छ भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक गरेको छ ।
सम्झौताअनुसार अब अमेरिकाका टिकटक प्रयोगकर्ताको सम्पूर्ण डेटा अमेरिकामै रहेको सुरक्षित क्लाउड प्रणालीमा भण्डारण गरिनेछ । साथै, चीनका प्राविधिक कर्मचारीहरूको टिकटक अमेरिकाको दैनिक सञ्चालनमा प्रत्यक्ष पहुँच रहने छैन ।
यो नयाँ व्यवस्था टिकटकमा मात्र सीमित नरही बाइटडान्सका अन्य भिडियो सम्पादन तथा सामाजिक सञ्जालसम्बन्धी एपहरूमा पनि लागू हुनेछ ।
यद्यपि, केही राष्ट्रिय सुरक्षा विज्ञहरूले यो सम्झौता सन् २०२४ मा पारित अमेरिकी राष्ट्रिय सुरक्षा कानूनको मर्मअनुसार पूर्ण रूपमा मेल नखाने भन्दै आलोचना गरेका छन् । यस सम्झौताले २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ता र लाखौँ व्यवसायलाई टिकटक प्रयोग गर्न निरन्तर अवसर प्रदान गरेको बताइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्