Skip to content

थिमि बाल सुधारगृहको अवस्था सामान्य बन्दै, सुरक्षा तैनाथी भने बढाइयो

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । सानोथिमि स्थित बाल सुधारगृहको अवस्था अहिले सामान्य बनेको छ, तर सुरक्षाका लागि प्रहरी परिचालन बढाइयो ।

बिहीबार राति सुधारगृहमा दुई समूहबीच भएको झडपले यहाँको अवस्था तनावग्रस्त बनाएको थियो । झडप नियन्त्रण गर्न थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचालन गरिएको थियो, तर प्रहरीमाथि पनि ढुङ्गा प्रहार भएको जानकारी प्रहरीले दिएको छ ।

झडपका क्रममा आगजनी र तोडफोडसमेत भएको थियो । आगो नियन्त्रणका लागि मध्यरातमा भक्तपुर र काठमाडौंबाट वारुणयन्त्र परिचालन गरिएको थियो ।

सुधारगृहमा हाल १४५ पुरुष र २४ महिला गरी १६९ जना बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार