काठमाडौँ । पाकिस्तानको कराँचीस्थित गुल प्लाजा मलमा आगलागीका कारण ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ। स्थानीय सरकारले नाम नखुलाएको प्रवक्ताले शुक्रबार यो जानकारी दिएका हुन्।
जनवरी १७ मा भएको आगलागी तीन तले भवनमा फैलिएको थियो। घटना भएको छ दिन बितिसक्दा पनि आगलागीको वास्तविक कारणबारे अनुसन्धानकर्ताले औपचारिक रूपमा केही खुलाएका छैनन्।
प्रवक्ताका अनुसार, हालसम्म ६७ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ। डीएनए परीक्षण प्रक्रिया जारी छ र अहिलेसम्म ८ जनाको पहिचान पुष्टि भइसकेको छ।
उद्धार र शव पहिचानको काम धीमी गतिमा अघि बढेको भन्दै पीडित परिवारहरूले असन्तोष व्यक्त गरेका छन्। आफ्ना बेपत्ता आफन्तको खोजीका लागि ५० भन्दा बढी परिवारले डीएनए नमुना दिएका छन्।
प्रान्तीय सरकारले मृतक प्रत्येक परिवारलाई १ करोड पाकिस्तानी रुपैयाँ (करीब ३५,७२० अमेरिकी डलर) क्षतिपूर्ति दिने घोषणा गरेको छ। मलभित्र रहेका करिब १,२०० पसलेलाई पनि क्षतिपूर्ति प्रदान गरिने बताइएको छ।
कराँचीका बजार र कारखानामा कमजोर पूर्वाधारका कारण आगलागीका घटना सामान्य भए पनि इतिहासमा यति ठूलो आगलागी दुर्लभ मानिन्छ। प्रान्तीय सरकारले मल र बजारहरूमा अग्नि सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न पहल गरिरहेको जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्