Skip to content

बाबुराम भट्टराईले पनि लिए उम्मेद्वारी फिर्ता !

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको प्रतिनिधि सभा उम्मेदवारी फिर्ता लिएका छन्।

डा. भट्टराईले फागुन २१ गते हुने निर्वाचनका लागि सो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए। यसअघि उनले निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए, तर पार्टीले अन्तिम समयमा उम्मेदवार बनाएको थियो।

सो क्षेत्रमा अन्य दलका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णय पुनर्विचार गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार