काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेकी छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू चुनाव जित्नकै लागि उठेको भन्दै हल्ला र अफवाहको पछि नलाग्न आग्रह गरेकी हुन्।
तामाङले उम्मेदवारी फिर्ता नभई जनताको प्रतिनिधि बनेर संसद् पुग्ने दृढता व्यक्त गर्दै लेखेकी छन्, ‘म चुनाव जित्न उठेकी हुँ, हल्लाको पछि लाग्दिनँ। उम्मेदवारी फिर्ता होइन, जनताको प्रतिनिधि बनेर आउनेछु।’
तर यसअघि धादिङका मुख्य निर्वाचन अधिकृत एकराज अधिकारीले आशिका तामाङले फोन र इमेलमार्फत उम्मेदवारी फिर्ताका लागि सम्पर्क गरेको बताएका थिए। उनले तामाङबाट आएको इमेल र फोनलाई सूचनाको रूपमा लिइएको भए पनि औपचारिक प्रक्रिया पूरा नभएसम्म उम्मेदवारी फिर्ता भएको मान्न नमिल्ने बताएका छन्।
आशिका तामाङको पछिल्लो स्पष्टिकरणपछि उनको उम्मेदवारीलाई लिएर चलेको अन्योल केही हदसम्म कम भएको छ। निर्वाचन अधिकृत कार्यालयका अनुसार उम्मेदवारी फिर्तासम्बन्धी अन्तिम निर्णय कानुनी प्रक्रिया पूरा भएपछि मात्र सार्वजनिक गरिनेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्