काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारतको प्रयोजनमा बनेको पार्टी भएको आरोप लगाएका छन्।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय सङ्गठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले रास्वपाले राष्ट्रिय स्वाधीनताको पक्षमा कहिल्यै स्पष्ट रूपमा आवाज नउठाएको दाबी गरे। ‘रास्वपाले स्वाधीनताको पक्षमा बोलेको देखिँदैन, त्यसैले रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी हो,’ उनले भने।
साम्पाङले अब देशको निकास पुराना राजनीतिक दलबाट सम्भव नरहेको भन्दै कांग्रेस, एमालेलगायत दललाई भोट नदिन आग्रह गरे। साथै उनले नयाँ भनिएका दलहरूमाथि पनि प्रश्न उठाउँदै रास्वपा र श्रम संस्कृति पार्टीबीच तुलना गर्नुपर्ने बताए।
कार्यक्रममा उनले बालेन साह, रवि लामिछाने र कुलमान घिसिङलाई विभिन्न राष्ट्रिय विषयमा प्रश्न गर्दा उनीहरूले जवाफ नदिएको दाबीसमेत गरे। ‘महत्त्वपूर्ण विषयमा मौन बस्ने नेतृत्वले देशको भविष्य सम्हाल्न सक्दैन,’ उनको भनाइ थियो।
‘जेनजी आन्दोलन’ का बेला तीन करोड जनतामध्ये आफूले मात्रै देश सम्हाल्ने आँट देखाएको दाबी गर्दै साम्पाङले देशमा इमानदार नेतृत्वको खाँचो रहेको बताए। देश निर्माणका लागि स्पष्ट भिजन श्रम संस्कृति पार्टीसँग मात्र रहेको र अन्य कुनै नेतासँग त्यो भिजन नरहेको उनले ठोकुवा गरे।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्