काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले चुनाव जित्ने आधार नदेखिएको भन्दै आफूलाई टिकट नदिइएको टिप्पणी गरेपछि भट्टराईले सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।
अध्यक्ष ओलीले केही सञ्चारमाध्यमसँगको कुराकानीमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे र विन्दा पाण्डेको जित सुनिश्चित नभएकाले यसपटक टिकट नदिइएको बताएका थिए । उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै भट्टराईले अध्यक्षको भनाइबाट आफू चिन्तित र दुःखी भएको उल्लेख गरेका छन् ।
भट्टराईले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लिएको होला भन्ने मलाई विश्वास छैन ।’ उनले पार्टीभित्र टिकट वितरणको आधारलाई लिएर उठेका प्रश्नहरू स्वाभाविक भएको संकेत गरेका छन् ।
यद्यपि, आफू टिकट नपाएको विषयमा विचलित नरहेको स्पष्ट पार्दै भट्टराईले पार्टीका उम्मेदवारहरूलाई जिताउन सक्रिय रूपमा खटिएको बताएका छन् । उनले फागुन २१ गतेसम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस नगर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो । नो इफ, नो बट ,म विचलित र निरास छैन,’ भट्टराईले उल्लेख गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्