काठमाडौँ। नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। उनीहरूले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पार्टी छाडेको घोषणा गरेका हुन्।
एमाले छाडेकाहरू आजै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनीहरूलाई संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले स्वागत गरेका छन्।
ओखलढुङ्गाबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएपछि उनीहरू असन्तुष्ट बनेका थिए। यसअघि उम्मेदवारी मनोनयनको दिन अम्बिरबाबु गुरुङ पनि एमाले छाडेर नेकपाबाट उम्मेदवार बनेका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्