Skip to content

बागमती प्रदेशमा एक घण्टामा १४३ जनाले गरे मतदान

कालोपाटी

३ दिन अगाडि

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान सुरु भएको एक घण्टाभित्र १४३ जनाले मतदान गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

प्रदेश सभातर्फ कुल ११० सदस्यमध्ये ६ जनाले राजीनामा दिएपछि १०४ मतदाता कायम रहेका छन् । यस्तै, स्थानीय तहतर्फ कुल २३८ मध्ये एक जना निलम्बनमा र तीन जनाले राजीनामा दिएपछि २३४ मतदाता कायम छन् ।

मतदान सुरु भएको पहिलो एक घण्टामा स्थानीय तहतर्फ १११ जना र प्रदेश सभातर्फ ३२ जना प्रतिनिधिले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार