काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा घोराही उपमहानगरपालिका–२ रामपुर निवासी हरी जिसी रहेका छन् ।
प्रहरीका अनुसार जिसी माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर निस्किएका थिए । त्यसपछि उनी तीन दिनदेखि सम्पर्कविहीन थिए । उनको स्कुटी बाटोमा फेला परेपछि खोजी तीव्र पारिएको थियो ।
खोजीका क्रममा घोराही उपमहानगरपालिका–१८ घरडौराको जंगलमा जिसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार उनका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा उपचाररत रहेका थिए । यससँग सम्बन्धित विषयले उनी मानसिक तनावमा रहेको हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले पोस्टमार्टम सम्पन्न भइसकेको र मोबाइलको लक खुलेपछि मात्रै मृत्युको कारणबारे थप तथ्य स्पष्ट हुने जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्