काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजविरुद्ध दायर रिटमा सुनुवाइ हुने भएको छ । चौधरीले दायर गरेको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेसी तोकिएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चौधरीले दर्ता गरेको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन् । निर्वाचन आयोगले बिहीबार चौधरीको उम्मेदवारी खारेज गरेको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा चौधरीको उम्मेदवारी वैध हुने वा नहुने विषयमा अब सर्वोच्च अदालतबाट निर्णय हुने छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्