Skip to content

आज विश्व कुष्ठरोग दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइंदै

कालोपाटी

३ दिन अगाडि

काठमाडौं ।आज जनवरी महिनाको अन्तिम आइतवार अर्थात् विश्व कुष्ठरोग दिवस मनाइँदैछ। हरेक वर्ष जनवरीको अन्तिम आइतवार यो दिवस मनाइन्छ। यस वर्षको नाराः
‘कुष्ठरोग निको हुन्छ, वास्तविक चुनौती भनेको रोगीलाई गरिने व्यवहार हो’ रहेको छ।

नेपालमा हरेक वर्ष झन्डै तीन हजार नयाँ कुष्ठरोगी भेटिने गरेका छन्। नेपालले सन् २०१० मा नै कुष्ठरोग निर्मूलीकरणको घोषणा गरेको थियो, तर अहिले पनि नयाँ बिरामी फेला पर्छन्। सन् २०८१र८२ मा मात्र नयाँ कुष्ठरोगीको संख्या २४९ रहेछ।

कुष्ठरोगका लक्षणमा शरीरको कुनै भागमा फुस्रो, हल्का रातो दाग देखिनु वा छुँदा थाहा नपाउनु पर्दछ। सरकारले कुष्ठरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। यो रोग सरुवा रोग भएकाले परिवार वा समुदायमा देखिएमा अरूमा पनि सर्न सक्छ, तर संक्रमणमा लामो समय लाग्छ।

समयमै पहिचान र उपचार नहुँदा बिरामीमा अपाङ्गता आउन सक्छ। कुष्ठरोगीले अवस्था अनुसार छ महिना, एक वर्ष वा दुई वर्षसम्म नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। रोशन न्यौपानेले भनेका छन्, “कुष्ठरोगलाई निर्मूल गर्न सङ्क्रमितको पहिचान गरी बेलैमा उपचार गर्ने र जनचेतना फैलाउन आवश्यक छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार