Skip to content

पार्टी सदस्यहरूलाई ओलीको पत्र : बहुमत ल्याउन सक्रिय हुनुस्

कालोपाटी

३ दिन अगाडि

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यहरूलाई निर्वाचनमा सक्रिय हुन अपिल सहितको पत्र पठाएको छ। पत्रमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको छ र पार्टी सदस्यहरूलाई बहुमत सिटका लागि क्रियाशील हुन आग्रह गरिएको छ।

पत्रमा भनिएको छ,“देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ। अतस् बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु।”

नेताहरूका अनुसार, यो पत्र पार्टीका ६ लाख ६३ हजार सदस्यहरूलाई पठाइएको छ। प्रचार विभाग संयोजक मीनबहादुर शाहीका अनु“र्टीको यो अपिल केवल सदस्यहरूका लागि होइन, आम मतदातालाई पनि हो।”एमालेको यो कदम आगामी निर्वाचनमा पार्टी उम्मेदवारहरूको विजय सुनिश्चित गर्न लक्षित भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार