Skip to content

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी

कालोपाटी

३ दिन अगाडि

काठमाडौँ । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। राष्ट्रपति इमानुएल म्याक्रोँनले यस कानूनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धता दोहोर्याएका छन्।

राष्ट्रपतिले टेलिभिजन भिडियोमार्फत् यस प्रतिबन्धलाई अर्को शैक्षिक सत्र (सेप्टेम्बर) देखि लागू गर्ने इच्छा व्यक्त गरेका छन्। यसअघि फ्रान्सका सांसदहरूले यस सम्बन्धमा विधेयकमा बहस गर्दै छन्।

यो प्रतिबन्ध इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय प्लेटफर्ममा लागू हुनेछ। १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने यो कदममा अस्ट्रेलिया यसअघि पहिलो देश बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार