Skip to content

चुनावी माहोलले सेयर बजारमा उत्साह, नेप्से ५८ अंक बढ्दा १४ अर्बको कारोबार

कालोपाटी

३ दिन अगाडि

काठमाडौँ । देशभरि चुनावी माहोल तीव्र बन्दै जाँदा सेयर बजारमा समेत त्यसको सकारात्मक प्रभाव देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको छ। कारोबार सुरु भएदेखि अन्त्यसम्म बजार लगातार उकालो लाग्दा लगानीकर्तामा उत्साह देखिएको हो।

नेप्सेमा सूचीकृत २४० कम्पनीको सेयर मूल्य बढेको छ भने करिब १४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। बैंकिङ, जलविद्युत्, जीवन बीमा, होटल तथा उत्पादनमूलक समूहमा उल्लेखनीय वृद्धि देखिएको नेप्सेले जनाएको छ। आगामी निर्वाचनपछि राजनीतिक स्थिरता आउने अपेक्षा र कम्पनीहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुन थालेकाले बजारमा सकारात्मक वातावरण बनेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार