Skip to content

गण्डकीबाट राष्ट्रिय सभामा सम्झना देवकोटा निर्वाचित

कालोपाटी

९ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला क्लस्टरमा नेकपा एमालेकी सम्झना देवकोटा विजयी भएकी छन्। पोखरामा भएको मतगणनामा देवकोटाले ५ हजार १४ मतभार प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।

गण्डकी प्रदेशका २ सय २८ मतदातामध्ये २ सय २३ जनाले मतदान गरेका थिए। मतदानमा राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि सहभागी भएनन्। गणनाअनुसार सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्ने भए पनि देवकोटाले ९१ मतभार कम पाउँदै पनि अग्रता कायम गरिन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ। यस निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा उम्मेदवार रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार