काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन्।
महिला क्लस्टरमा नेपाली कांग्रेसकी गिता देवकोटाले ६ हजार २३९ मत प्राप्त गर्दै निर्वाचन जितेकी छन्। उनले प्रदेश सभा तर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोज कुमारी झालेले २ हजार ५२२ मत प्राप्त गरेकी थिइन्।
अन्य क्लस्टरमा उम्मेदवार बनेका डा. प्रेम प्रसाद दंगालले ६ हजार २०५ मत प्राप्त गरी विजयी भएका हुन्। उनले प्रदेश सभा तर्फ ५९ र स्थानीय तहतर्फ १६२ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत प्राप्त गरेका छन्।
विजेताहरूले एमाले–कांग्रेस गठबन्धनबाट चुनाव लडेका हुन् र दुवैले नेकपाका प्रतिद्वन्द्वीलाई पराजित गरेका छन्।
प्रदेश सभा र स्थानीय तह दुवैतर्फको मतदानमा अधिकांश मतदाता सक्रिय थिए, र थोरै मत बदर भएका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्