काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट जिल्लामा ५४१ मतदान केन्द्र निर्धारण गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत १५७ वडामा २७७ मतदान स्थल र ५४१ मतदान केन्द्र कायम गरिएको हो। तीमध्ये १५२ मतदान केन्द्र अति संवेदनशील, १०० संवेदनशील र २७ मतदान स्थल सामान्य रहेका छन्।
जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार जिल्लामा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन्। तीमध्ये २ लाख ४० हजार २६७ पुरुष, १ लाख ९६ हजार ३४३ महिला र १ जना अन्य मतदाता रहेका छन्।
निर्वाचन क्षेत्रगत आवश्यकताअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ मा फरक–फरक संख्यामा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सबै निर्वाचन क्षेत्रमा मतदाता नामावली अद्यावधिक भई अन्तिम सूची सार्वजनिक भइसकेको पनि कार्यालयले स्पष्ट पारेको छ।
आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी तीव्र पारिएको जिल्ला निर्वाचन अधिकारी दासले बताए। उनले सम्पूर्ण राजनीतिक दललाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।
मतदाता शिक्षा, सुरक्षा व्यवस्था लगायत विषयमा सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाइएको पनि उनले जानकारी दिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्