Skip to content

आज रातिदेखि मौसम बदली : भोलि र पर्सि वर्षा हुने सम्भावना

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ । आज रातिदेखि मौसम बदली भई भोलि र पर्सि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज रातिदेखि नै पश्चिमी भेगबाट बादल लाग्न सुरु हुने र भोलिदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा भने हिमपातको सम्भावना रहेको छ।

मौसमविद् सन्दीप अधिकारीका अनुसार भोलि पश्चिमी तराईका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ। यो मौसम प्रणाली पर्सि बुधबारसम्म बागमती र कोशी प्रदेशसम्म फैलिने सम्भावना रहेको उनले बताए।

काठमाडौँ उपत्यकामा पनि पर्सि बुधबार वर्षा हुने सम्भावना रहेको छ। पर्सि बुधबार बेलुकादेखि भने मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएको छ।

यसअघि गएको शुक्रबार र शनिबार पनि मौसम बदली भई पश्चिमका केही स्थानमा हल्का वर्षा तथा हिमपात भएको थियो। आज दिनभर कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने तथा लुम्बिनी र गण्डकीका बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार