काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनको चहलपहल बढ्दै जाँदा युवाहरू भने रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन्। नेताहरू भोट माग्दै गाउँ–गाउँ पुगिरहेका बेला ठूलो संख्यामा मतदाता युवा भने वैदेशिक रोजगारीका लागि देश छाडिरहेका छन्।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा करिब ६ लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएका हुन्।
यस अवधिमा ५ लाख १४ हजार ३ सय ५० पुरुष र ७६ हजार ३ सय ६८ महिला वैदेशिक रोजगारीमा गएका छन्। तीमध्ये १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। औसतमा प्रतिमहिना करिब ९८ हजार नेपाली रोजगारीका लागि विदेशिएको देखिन्छ।
निर्वाचनको माहोल चर्कँदै जाँदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा विदेश जाने युवाहरूको भीड घटेको छैन। धेरै युवाले देशमा रोजगारी र अवसर नपाउँदा बाध्य भएर विदेश जानुपरेको बताएका छन्।
युवाहरूले मतदान गर्न चाहना हुँदाहुँदै पनि जीवनयापनको बाध्यताले देश छाड्नुपरेको गुनासो गरेका छन्। राजनीतिक दल र नेताहरूले निर्वाचनमा युवामैत्री नारा दिए पनि व्यवहारमा रोजगारी सिर्जना हुन नसक्दा युवा पलायन रोकिएको छैन।
विशेषज्ञहरूले आगामी निर्वाचनबाट बन्ने सरकारले मुलुकभित्रै रोजगारी सिर्जना गर्ने ठोस नीति र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्