Skip to content

स्कटल्यान्डसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। सोमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भयो।

स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो। नेपालका विन्दु रावल र रोमा थापाले समान १४ रन बनाए। स्कटल्यान्डकी अबताहा मकसूदले ३ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा १४० रन बनाउँदै अलआउट भएको थियो। प्रियनाज चटर्जीले ४५ रन अविजित बनाइन्। नेपालका लागि मनीषा उपाध्यायले ४ विकेट र रुबिना क्षेत्रीले ३ विकेट लिए।

यस नतिजासँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना सकिएको छ। समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन्। समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेका छन्। सुपर–सिक्सबाट शीर्ष चार टोलीले आगामी जुनमा इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपको यात्रा तय गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार