Skip to content

स्कटल्यान्डसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो

कालोपाटी

९ महिना अगाडि

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। सोमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भयो।

स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो। नेपालका विन्दु रावल र रोमा थापाले समान १४ रन बनाए। स्कटल्यान्डकी अबताहा मकसूदले ३ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा १४० रन बनाउँदै अलआउट भएको थियो। प्रियनाज चटर्जीले ४५ रन अविजित बनाइन्। नेपालका लागि मनीषा उपाध्यायले ४ विकेट र रुबिना क्षेत्रीले ३ विकेट लिए।

यस नतिजासँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना सकिएको छ। समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन्। समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेका छन्। सुपर–सिक्सबाट शीर्ष चार टोलीले आगामी जुनमा इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपको यात्रा तय गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार