काठमाडौँ । झापा-५ अन्तर्गत दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो र मतदाता भेटघाट अभियानलाई तीव्रता दिएको छ। उम्मेदवार बालेन्द्र साह (बालेन) मनोनयन दर्ता पछि केही दिन बसिसकेका छन्, तर अहिले पार्टीका स्थानीय नेता कार्यकर्ताहरू बालेनबिनै मतदाता भेट्न सक्रिय छन्।
आज बिहान दमक-९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो अभियान पाणिनी स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै समापन भएको थियो। नेताहरूले घरदैलोमा स्थानीय समस्या, गुनासा र सुझाव संकलन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
पार्टीको महिला र युवा सहभागिता विशेष रूपमा प्रभावकारी देखिएको छ। बालेनलाई भोट माग्न उनकी पत्नी सविना साह पनि दमकमा उपस्थित रहेकी छिन्।
पार्टीले दिउँसो ३ बजे कमल गाउँपालिका-५ स्थित पाडाजुगी चोकबाट अर्को घरदैलो अभियान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। कार्यक्रम पाडाजुगी चोकबाट गुहेश्वरी टोल, टुक्रे र सशस्त्र चेकपोष्ट हुँदै पाथीभरा टोल र अम्बिका चोक पार गरी मंगलबारे बजारमा पुगेर समापन हुनेछ।
रास्वपाका नेताहरूको सक्रियता र मतदाता भेटघाट अभियानले आगामी निर्वाचनमा दमक क्षेत्रको राजनीतिक माहोलमा उत्साह थपेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्