Skip to content

सुनको भाउले बनायो नयाँ रेकर्ड, प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ

कालोपाटी

२१ घण्टा अगाडि

काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड कायम हुने क्रम मंगलबार पनि जारी रहेको छ । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदीको भाउ पनि मंगलबार बढेको छ । आज चाँदी प्रतितोला १ सय ५ रुपैयाँले बढेर ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार चाँदीको भाउ प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार