काठमाडौँ । मधेस प्रदेशस्थित जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ।
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासमा तत्कालीन सचिव, निर्देशक र अन्य ९ जना प्रतिवादी रहेको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नवीन दास, वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साहसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। आयोगले उक्त प्रतिवादीहरू विरुद्ध २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ।
त्यसैगरी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र, ल्याब टेक्नोलोजिस्ट रामउदगार साह लगायत विरुद्ध पनि समान रकमको बिगो माग दाबी गरिएको छ।
यसैगरी माइक्रोबायोलोजिस्ट जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र, मेडिकल ल्याब टेक्नोलोजिस्ट दीपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी, लेखा अधिकृत अमरदीप महतो र आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित विरुद्ध पनि समान रकमको बिगो माग गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्