काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्।
ट्रम्पले दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौतामा ‘ठीकसँग कार्यान्वयन नगरेको’ आरोप लगाउँदै ट्यारिफ वृद्धिको निर्णय गरेका हुन्। यो निर्णयले कार, काठजन्य सामग्री, औषधि, सेमिकन्डक्टर, मोबाइल, टिभी, स्टिल शीट, इलेक्ट्रिक गाडीका कम्पोनेन्ट लगायतका सामग्रीलाई प्रभाव पार्ने अनुमान गरिएको छ।
ट्रम्पले यसलाई ‘रेसिप्रोकल ट्यारिफ’ भनेका छन् – जसमा कुनै देशले अमेरिकी सामानमा बढी आयात शुल्क लगाउँछ भने अमेरिका पनि त्यस देशबाट आउने वस्तुमा बढी ट्यारिफ लगाउँछ।
दक्षिण कोरियाले भने अमेरिकाको निर्णयबारे कुनै आधिकारिक जानकारी नपाएको र तत्काल वार्ता आवश्यक रहेको प्रतिक्रिया दिएको छ।
विशेषज्ञहरूका अनुसार, यस निर्णयले दुवै देशका उद्योग र उपभोक्तामा प्रत्यक्ष असर पार्न सक्ने देखिन्छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्