काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउन धादिङका पाँच प्रमुख राजनीतिक दलहरूले साझा प्रतिबद्धता जनाएका छन्।
मंगलबार धादिङबेसीमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता र उम्मेदवारहरूले निर्वाचनको समयमा शान्ति, सामाजिक सद्भाव, निष्पक्ष मतदान, आपसी सम्मान र आचारसंहिताको पालनामा सहकार्य गर्ने सहमति जनाएका छन्।
संयुक्त प्रतिबद्धता पत्रमा निर्वाचनपछि पनि जिल्लाको समग्र हितका लागि सबै दल मिलेर काम गर्ने, प्रचारप्रसार शान्तिपूर्ण र मितव्ययी बनाउने, विवाद समाधान संवादमार्फत गर्ने र निर्वाचन आयोगको निर्देशन पालना गर्ने उल्लेख गरिएको छ।
बैठकमा सबै दलका जिल्ला अध्यक्ष तथा दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले हस्ताक्षर गरेका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्