Skip to content

‘रास्वपा पुँजीवादी दल हो, बालेन ८ करोडको गाडी चढ्छन्’ : अध्यक्ष अन्सारी

कालोपाटी

२० घण्टा अगाडि

काठमाडौँ । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुँजीवादी दलको संज्ञा दिँदै आलोचना गरेका छन्।

अन्सारीले रास्वपा पैसा कमाउने उद्देश्यले बनेको र देशलाई निकास दिन नसक्ने आरोप लगाएका छन्। उनी भन्छन्, “रास्वपाका वरिष्ठ नेता बालेन शाह ८ करोडको गाडी चढ्छन् र पार्टीले उम्मेदवारहरूसँग पैसा माग्छ।”

उक्त कार्यक्रममा ताज मोहम्मद मियाँसहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता राष्ट्र निर्माण दलमा प्रवेश गरेका छन्। अन्सारीले नयाँ दल देश र जनताको हितका लागि मात्र काम गर्ने र रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य सेवा पहुँचमा सुधार गर्ने आफ्नो लक्ष्यको बारेमा बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार