Skip to content

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

कालोपाटी

१८ घण्टा अगाडि

काठमाडौँ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगका अनुसार आचार्यले पदीय मर्यादा विपरीत कार्य गरी स्रोत पुष्टि हुन नसक्ने सम्पत्ति आर्जन गरेको दाबी गरिएको छ। ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ।

सेवामा २०४८ माघ ६ गते प्रवेश गरेका आचार्य २०८० असार ६ गतेसम्म कार्यरत थिए। उनले पाएको तलब, भत्ता र बैठक भत्तासहित १० करोडभन्दा बढी आय भएको देखिएको छ, जसबाट ३ करोड ५१ लाख मात्रै वैधानिक प्रमाणित भएको छ। बाँकी रकमको स्रोत पुष्टि नभएकाले श्रीमती लिली सुवेदीको नाममा पनि सम्पत्ति जोडिएको उल्लेख गर्दै अख्तियारले मुद्दा दर्ता गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार