काठमाडौं । राष्ट्रिय सभा बैठकमा सांसदहरूले राष्ट्रिय झन्डाको दुरुपयोग भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस र र्यालीमा झन्डाको प्रयोग रोक्न सरकारसँग आग्रह गरेकी छिन्। उनले भनिन्, “नेपाली झन्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन। यसको उचित व्यवस्थापन, संरक्षण र स्याहारसम्भारको अवस्था स्पष्ट छैन। त्यसैले दुरुपयोग रोक्न कानुनी कारबाही आवश्यक छ।”
सांसद बेलवासेले घाँटीमा माला जस्ता रूपमा झन्डा लगाइएका अवस्था अनियन्त्रित रहेको र यसको खोजबिन गर्न नसकिने अवस्था रहेको उल्लेख गर्दै, सरकारले कडा कदम चाल्नुपर्नेमा जोड दिइन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्