Skip to content

सेयर बजार सूचक ४५ अंक घट्दा १४ अर्ब कारोबार

कालोपाटी

१३ घण्टा अगाडि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ४२.५८ अंकले घटेर २७२६.५१ बिन्दुमा झरेको छ । अघिल्लो दिन पनि सूचक घटेकाले बजारमा गिरावटको क्रमले निरन्तरता पाएको हो ।

सूचक घटे पनि कारोबार रकम भने उच्च नै देखिएको छ । मंगलबार नेप्सेमा ३ सय ३३ कम्पनीका ३ करोड २ लाख ६२ हजार कित्ता सेयर १ लाख ४२ हजारभन्दा बढी कारोबारमार्फत १४ अर्ब १६ करोड रुपैयाँ बराबरको किनबेच भएको नेप्सेले जनाएको छ ।

बजार घट्दा अधिकांश समूहगत परिसूचकहरू राताम्मे देखिएका छन् । बैंकिङ, विकास बैंक, वित्त, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, होटल, जलविद्युत्, उत्पादनमूलक र व्यापार समूह सबै घटेका छन् । सामूहिक लगानी कोषको सूचक भने स्थिर रहेको छ ।

मंगलबार कारोबार भएका कम्पनीमध्ये २२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३४ कम्पनीको मूल्य बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.५६ प्रतिशतले बढेको छ ।

चुनावी माहोलका कारण बजारमा लगानीकर्ताको सक्रियता बढिरहेकाले सूचक घट्दा पनि कारोबार रकम उच्च देखिएको विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार