Skip to content

‘अडिओ काण्ड’ ले रास्वपाबाट निकालिएका ढाकालाई हर्क साम्पाङले भित्र्याए

कालोपाटी

१२ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित पूर्व सांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार श्रेष्ठलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् ।

दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि पैसा मागिएको अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । उनी २०७९ को निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद बनेका थिए ।

श्रेष्ठ पार्टीमा प्रवेश गरेको जानकारी दिँदै अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “ढाकाकुमार श्रेष्ठ ज्युलाई श्रम संस्कृतिमा स्वागत छ ! अब लागौँ है त !”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार