Skip to content

युवराज सफल पक्राउ

कालोपाटी

१० घण्टा अगाडि

काठमाडौं । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति दिएको तथा गाली–बेइज्जती गरेको आरोपमा युवराज पौडेल उर्फ युवराज सफल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सफललाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका एसपी पवन भट्टराईले सामाजिक सञ्जालमार्फत अमर्यादित र आधारहीन अभिव्यक्ति दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले युवराज सफललाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार