Skip to content

महाराष्ट्रका उपमुख्यमन्त्री पवारको विमान दुर्घटनामा मृत्यु

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । पुणे जिल्लास्थित बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा उनी सवार विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार पवारका सहयोगीहरूले उनको मृत्यु पुष्टि गरेका छन् । दुर्घटनाको समयमा विमानमा पाँच जना यात्रु सवार थिए ।

नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) का नेता पवारसँगै विदिप जाधव, पिंकी माली, सुमित कपुर र शम्भवी पाठक पनि विमानमा सवार थिए । पवारका निकट सहयोगी किरण गुजरका अनुसार उपमुख्यमन्त्रीसहित छ जनाको शव अस्पताल ल्याइएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार ६६ वर्षीय पवार जिल्ला परिषद् निर्वाचनको तयारीका क्रममा चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न बारामती जाँदै थिए ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ भने भारतीय राजनीतिक वृत्तमा घटनाप्रति शोक व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार