Skip to content

पछिल्लाे २४ घण्टामा देशभर १६ आगलागीका घटना

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न किसिमका २० वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म भएका घटनामध्ये १६ वटा आगलागी र ४ वटा जनावर आक्रमणका घटना रहेका छन् ।

प्राधिकरणका अनुसार ती विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । साथै, विपद्का कारण करिब २५ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

आगलागीका घटना सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई–दुई, तथा सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्युठान र बझाङ जिल्लामा एक–एक वटा भएका छन् । अधिकांश आगलागी असावधानीका कारण भएको पाइएको प्राधिकरणले जनाएको छ ।

यसैबीच सुनसरी, सप्तरी, चितवन र दैलेख जिल्लामा जनावर आक्रमणका घटना भएका छन् । प्राधिकरणले सुक्खा मौसमका कारण आगलागीका घटना बढ्न सक्ने भन्दै सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार