Skip to content

कांग्रेसले २१ माघदेखि निर्वाचन लक्षित ‘विशेष रणनीति’ लागू गर्दै

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै २१ माघदेखि ‘विशेष रणनीति’ लागू गर्ने भएको छ । उक्त रणनीतिअनुसार पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरू २१ फागुनसम्म आ–आफ्नो जिम्मेवारी क्षेत्रमै खटिने छन् ।

कांग्रेसले तयार पारेको ‘निर्वाचन परिचालन निर्देशिका’मा विशेष रणनीतिसम्बन्धी व्यवस्था समेटिएको छ । निर्देशिकामा चुनावको अन्तिम ३० दिनलाई लक्षित गर्दै ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति लागू गरिने उल्लेख छ ।

उपसभापति पूर्णबहादुर खड्का शर्माको संयोजकत्वमा रहेको चुनाव परिचालन समितिले निर्वाचन परिचालन निर्देशिका तयार गरिरहेको छ । केन्द्रीय कार्यालयमा सञ्चालन भइरहेको प्रदेशस्तरीय विशेष आन्तरिक छलफल कार्यक्रममा उपसभापति शर्माले पार्टीको विशेष रणनीतिबारे जानकारी गराएको उनका सचिवालयले जनाएको छ ।

चुनाव परिचालन समितिले आज (बुधबार) गण्डकी प्रदेशको छलफल गर्दैछ । यसअघि मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशको छलफल सम्पन्न भइसकेको छ ।

छलफल कार्यक्रममा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान तथा निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति, तथा काठमाडौंमा रहेका विभिन्न पेशा–व्यवसायमा संलग्न कांग्रेसका शुभेच्छुक र युवा नेता–कार्यकर्ता सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार