काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिबेला सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका छन् । मंगलबार सुदूर तराईका कैलाली–कञ्चनपुरमा चुनावी गतिविधिमा सहभागी भएका बालेन बुधबार बिहानै पहाडतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा उनी अहिले डडेलधुरा पुगेका छन् । सुदूरपश्चिमका पहाडी क्षेत्रमा यात्रा गरिरहेका बेला बाटोमा हिउँ परिरहेको दृश्यसमेत देखिएको छ ।
यसै सन्दर्भमा बालेनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै डोटेली भाषामा क्याप्सन लेखेका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘सुदूर अब दूर नाई’ भन्दै थपेका छन्, ‘झिक्कै–झिक्कै माया तम्लाई !’
त्यसैगरी, बालेनसँगै भ्रमणमा रहेका समर्थकहरूले डडेलधुराको साहुखर्कमा खिर खाइरहेको तस्बिर पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्, जुन तस्बिर अहिले चर्चामा छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्