काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र अप्ठेरो परिस्थितिमा रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन र जनताको चाहनाको सम्बोधनका लागि एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन् ।
विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरी केन्द्रीय सदस्यहरूसहित नेकपामा समायोजन कार्यक्रममा बोल्दै संयोजक दाहालले राष्ट्र जोगाउन र आन्दोलनलाई सही दिशामा अघि बढाउन कम्युनिष्ट शक्तिहरूबीच एकता ऐतिहासिक आवश्यकता भएको बताए । उनले नेकपा गठन कुनै आवेगमा नभई देशको असहज र असाधारण परिस्थितिमा नेतृत्वले खेल्नुपर्ने भूमिकालाई आत्मसात् गर्दै गरिएको स्पष्ट पारे ।
उनले भने,‘राष्ट्र अप्ठेरोमा छ । राष्ट्र जोगाउन, आन्दोलन जोगाउन, जनताको चाहनाको सम्बोधन गर्न एकतावद्ध हुनुको विकल्प छैन । यो आजको ऐतिहासिक आवश्यकता हो । नेकपा पार्टी गठन कुनै आवेगमा गरिएको होइन ।’
उनले विप्लव नेतृत्वले सम्भव भएसम्मका कम्युनिष्ट घटकहरूलाई एकतामा समेटेर शक्ति आर्जन गर्ने अवसर गुमाएको टिप्पणी गरे ।
‘राष्ट्रको आजको असहज र असाधारण परिस्थितिमा नेतृत्वले खेल्नुपर्ने भूमिकालाई आत्मसाथ गरेर तमामा कम्युनिष्ट आन्दोलनका सम्भव भएसम्मका घटकहरुलाई एकता गरेर शक्ति आर्जन गर्ने अवसर विप्लव नेतृत्वले गुमाउनु भएको छ । विप्लव नेतृत्व ठूलो सम्मान पाउँदै हुनुहुन्थ्यो एकतामा,’उनले भने ।
संयोजक दाहालले आफूहरूले विप्लवलाई विशेष महत्व दिएको बताउँदै जेनजी आन्दोलनपछि भने उनी बढी विचलित र भड्किएको आरोप लगाए । साथै, सँगै बसेको कमरेडको हैसियतले आत्मसमिक्षा गर्न आग्रह गर्दै दाहालले अझै सबै गुमिनसकेको बताए ।
उनले भने, ‘विप्लव जी लाई अलि बढी महत्व दिने गरेका थियौं । तर जेनजी आन्दोलनपछि विप्लव नेतृत्व बढी नै भड्किनु भयो । धेरै नै विचलित हुनुभयो । ठूलो भूमरीमा फस्नुभयो । विप्लवसँग हाम्रो कुनै घृणा आक्रोस छैन । तर सँगै बसेको कमरेडको नाताले पनि म भन्न चाहन्छु तपाईंले आत्मसमिक्षा गर्ने यो बेला हो । अझै सबै गुमिसकेको छैन, आत्मसमिक्षा गरेर एकतामा आउनु भयो भने हामी तयार छौं । देश असहज परस्थितीमा छ । हामी एकतावद्ध भएर देशव्यापी अभियानमा गएनौं भने देश अर्को दुर्घटनातिर जान सक्छ ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्